Friday, September 5, 2014

अर्घातोष गा.वि.स खुल्ला दिसामुक्त घोषणाका लागि उपयूक्त

खुल्ला दिसामुक्त सम्बन्धी जिल्ला गुणस्तर अनुगमन टोलीले २०७१ भाद्र २० गते अर्घातोष गाविसको अनुगमन गरेको छ ।

९५५ घरधुरी रहेको अर्घातोष गाविसमा ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम सञ्चालन पूर्व केवल ३६५ घरधुरीले मात्र सुरक्षित शौचालयको प्रयोग गर्दथे । अभियान पश्चात सञ्चालित खुल्ला दिसामुक्त सम्बन्धी अभिमुखिकरण कार्यशालामा गाविस स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिले बाँकी रहेका ५९० घरधुरीमा चर्पी निर्माण कार्य सम्पन्न गरी २०७० कार्तिक मसान्त भित्रमा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य तोकेको थियो । सोही लक्ष्यलाई प्राप्त गर्नका लागि गाविसले सरसफाइ रणनैतिक योजना तयार पारी कार्यान्वयन गरेको थियो । तर निर्धारित समयमा लक्ष्य हाशिल हुन भने सकेन । यद्यपी विविध समस्याहरुको समाधान गर्दै ढिलै भएपनि अर्घातोष गाविसले खुल्ला दिसामुक्त अबस्था हाशिल गर्न सफल भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर विजय कुमार यादवको संयोजकत्वमा ११ जनाको जिल्ला गुणस्तर अनुगमन टोली गाविस कार्यालयमा पुगेपछि गाविस स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति, राजनीतिक दल लगायतका स्थानीय अगुवाहरुको सहभागितामा बैठक बसी अनुगमन टोली गठन गरि अनुगमनका लागि प्रत्येक वडामा गइएको थियो ।

वडागत तहमा ९ टोलीले २७ प्रतिशत घरधुरी र सबै संस्थागत तहमा अनुगमन गरेको थियो । अनुगमन पश्चात पुन गाविस कार्यालयमा भेला भई अनुगमनका तथ्यहरु टोली प्रमुखहरुबाट प्रस्तुतीकरण गरिएको थियो । अधिकाँश चर्पीहरु मापदण्ड अनुसारका गुणस्तरीय, सफा र दिगो प्रकारको चर्पी घरको समेत बनौट भएका बनेको पाइयो । यसका अतिरिक्त अधिकाँश घरधुरीले चर्पी सफा गर्ने ब्रश, हार्पेक जस्ता सामग्री प्रयोग गर्ने, र आधा भन्दा बढी घरधुरीले चर्पीमा अलग चप्पल प्रयोग गर्ने गरेको पाइएको छ ।

ऐटेच चर्पी भएका सबैले चर्पी भित्रै साबुन पानीले हात धुने गरेको, अलग बाथरुम हुनेले बाथरुममा साबुन पानीले हात धुने गरेको र अन्यले अन्यत्र वा जुठ्यानमा हात धुने गरेको भेटियो । घरायसी सरसफाइ र फोहर ब्यवस्थापन अधिकाँश घरधुरीमा राम्रो पाइयो भने बजार क्षेत्रमा फोहर ब्यवस्थापनमा ध्यान दिनु पर्ने भेटिएको छ । समग्रमा अर्घातोष गाविसले खुल्ला दिसामुक्त घोषणाका सबै आधारहरु पुरा गरेको पाइएको छ ।

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes