Sunday, September 14, 2014

देउराली जिप व्यवसायी समितिको अध्यक्षमा योगेन्द्र खड्का विजयी, पदाधिकारी सहित सदस्यहरुमा समेत बाम समूहको ब्रचश्व (मत परिणाम सहित)

हरिप्रसाद नेपाली/भदौ ३० अर्घाखाँची

रातो घेरामा अध्यक्ष योगेन्द्र खड्का एवं
हरियो घेरामा वरिष्ठ उपाध्यक्ष शिवलाल अधिकारी
सन्धिखर्कमा जारी देउराली यातायात व्यवसायी महासंघको सातौं अधिबेशनमा नयाँ नेतृत्व चयन सहित हिजोबाट सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानको राती अवेर सम्पन्न मत परिणाम अनुसार बाम प्यानलका योगेन्द्र खड्का, बाम प्यानलकै महाचिव पदका उम्मेदवार प्रेम बहादुर पाण्डे सहित बाम समूहको बाहुल्यता रहेको नयाँ कार्य समिति निर्वाचित भएको छ ।

गत शनिवरबाट शुरु भएको अधिबेशनमा हिजो भएको मतगणना अनुसार अध्यक्षमा निर्वाचित खड्काले ५९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी युवराज खत्रीले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा बाम प्यानलका शिब अधिकारी ७४ मतका साथ विजयी बनेका छन् भने उनका प्रतिद्वन्दी अशोक श्रेष्ठले ३१ मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा क्रमश कृष्ण कुमार श्रेष्ठ ७० मतका साथ र खगेश्वर बन्जाडे ५६ मतका साथ बिजयी बनेका छन् भने विश्वराज भण्डारी २९ मतका साथ पराजित भएका छन् ।

त्यस्तै महासचिवमा पनि बाम प्यानलले नै विजय हाँसिल गरेको छ । जसमा प्रेम पाण्डे ५१ मतका साथ विजयी बनेका छन् । भने उनका प्रतिद्वन्दीहरु विष्णु बस्नेत ३४ र कृष्ण प्रसाद श्रेष्ठ १९ मतका साथ पराजित भएका छन् । त्यसैगरी सचिवमा बाम प्यानलकै विष्णु प्रसाद पन्थी ७१ मतका साथ र कोषाध्यषमा ६८ मतका साथ बाम प्यानलकै गोविन्द बन्जाडे निर्वचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा शिव बहादुर खत्री ७३ मत, नारायण गैरे ६७ मत, मान बहादुर बुढा मगर ६५ मत, दधिराम आचार्य ६५ मत, प्रकाश पि.सी. ६४ मत, रेशम प्रसाद भुसाल ६२ मत, बामदेब गैरे ५८ मत, कृष्ण प्रसाद बन्जाडे ५६ मत, केयर सिंह खनाल ५५ मत, भुवानन्द बन्जाडे ५४ मत, बेदराज घिमिरे ५३ मत, प्रकाश भाट ४५ र डम्वर श्रेष्ठ ४९ मतका साथ विजयी बनेका छन् ।

सदस्यमा निर्वाचित प्रकाश पि.सी., केयर सिंह खनाल र डम्बर श्रेष्ठमात्र प्रजातान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।

Thursday, September 11, 2014

Pardeshi Ko Awaj with Raju Khadka

Tuesday, September 9, 2014

छुट्टा छुट्टै घटनामा अर्घाखाँची जिल्लामा दुईजनाको ज्यान गयो

हरिप्रसाद नेपाली / भदौ २४, अर्घाखाँची

अर्घाखाँची जिल्लामा आज भएका छुट्टाछुट्टै घटनामा दुइजनाको ज्यान गएको छ । जिल्लाको चिदिकामा अरिङ्गालको टोकाइबाट एकजनाको र आत्महत्या गरी एकजनाको ज्यान गएको हो ।

चिदिका गा.वि.स. वडा नं. २ का २३ वर्षिय तारा कुमाल ख¥ज्याङ्ग खोला खोला आसपासमा एउटा रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालको टोकाइका कारण रुखवाट लडेका थिए । गम्भिर घाईते कुमालको उपचारको क्रममा आज बिहान ज्यान गएको जिल्लम प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

त्यस्तै अर्घाखाँची जिल्लाको केरुङ्गा गा.वि.स. गा.वि.स.मा एक महिहलाको शव फेला परेको छ । केरुङ्ग गा.वि.स. वडा नं. ४ बस्ने ढुण्डिाराज भुसालकी श्रीमती लक्ष्मी भुसाल घर नजिकै बारीमा रहेको एउटा रुखमा पासो लगाएर आत्महत्या गरेको प्रहरीको भनाई रहेको छ ।

Saturday, September 6, 2014

अर्घाखाँची जिल्लाको डिभर्नामा पोखरीमा डुवेर एक बालिकाको ज्यान गयो

हरिप्रसाद नेपाली भदौ २२ अर्घाखाँची

अर्घाखाँची जिल्लाको डिभर्नामा पोखरीमा डुवेर एक बालिकाको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. १४ बस्ने बसन्त नेपालीकी दुई वर्षिया छोरी पूजा नेपालीको शुक्रबार साँझ पोखरीमा तैरीरहेको अवस्थामा शव फेला परेको हो ।

साँझ करीव सात बजेतिर पोखरीमा तैरीरहेको अवस्थामा बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

सामुदायिक रेडियो अर्घाखाँचीको प्रथम साधारण सभा (फोटो फिचर)

हरिप्रसाद नेपाली/भदौ २२, अर्घाखाँची

सामुदायिक रेडियो अर्घाखाँचीको प्रथम साधारण सभा हिजो सन्धिखर्कमा सम्पन्न भएको छ ।

२०६५ सालमा स्थापना भएको अर्घाखाँचीको पहिलो सामुदायिक रेडियो अर्घाखाँचीको साधारण सभामा मन्तव्य राख्नेहरुले जिल्लाको पत्रकारीताको विकासको लागि सवै एक हुनुपर्नेमा जोड दिएका छन् ।
रेडियोका अध्यक्ष बिष्णु मुस्कानले उद्घाटन गरेको कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुसंगै जिल्लामा रहेका रेडियोका प्रतिनिधीहरुले मन्तव्य राखेका थिए ।

मन्तव्य राख्दै निमित्त स्थानीय विकास अधिकारी धु्रव गिरीले संभावनाका नयाँ ढोकाहरु खुल्दै गरेको अर्घाखाँचीमा इमान्दार र मेहनत साथ लाग्ने हो भने रेडियोहरुको उज्वल भविश्य रहेको बताएका थिए ।

त्यस्तै मन्तव्यकै क्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले जिल्लामा साँच्चै रेडियो सफल बनाउने हो भने आपसी एकता र सद्भावका साथ अगाडी बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा राष्टिय जनमोर्चाका सागर के.सी, नेकपा एमालेका प्रेम गैरे, एकीकृत नेकपा माओवादीका राजु नेपाली, नेकपा माओवादीका पिताम्वर पोखरेल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका नेता समेत रहेका रेडियोका अध्यक्ष मुस्कानले जिल्लामा अस्वस्थ प्रतिष्प्रधा भएको भन्दै सबैले जित्ने गरी स्वस्थ प्रतिष्प्रधा गर्न सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष विष्णु मुस्कानको अध्यक्षता र सचिव ठाकुर कुमार वि.क.को सञ्चालनमा सम्पन्न भएके हो ।

हंसपुर रुपन्देही सम्पर्क समाज गठन

बुटवल, २१ भदौ । अर्घाखाँची जिल्ला हंसपुर घर भई रुपन्देही जिल्लामा बसोबास गर्दै आएका विभिन्न व्याक्तिहरुको प्रथम भेला सम्पन्न भएको छ  । लक्ष्मण पन्थी को अध्यक्षता तथा राम प्रसाद भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कृष्ण पाण्डेको गरेका थिए ।

भेलाले १३  सदस्यीय नयाँ कार्यसमिति र ७ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्ष हरीकृष्ण अधिकारी, उपाध्यक्ष सुदन ज्ञवाली र धर्मराज पन्थी, महासचिवमा कृष्ण प्रसाद पाण्डे, सचिव लक्षमण पन्थी, सह– सचीव राम प्रसाद भुसाल, रहेका छन् ।

 त्यस्तै कोषाध्यक्षमा कृष्ण अधिकारी, सह–कोषध्यक्षमा अस्मिता पन्थी रहेका छन् । समितिका सदस्यहरुमा बोम ब. थापा (सुनिल), भिम प्रसाद भुसाल, ईश्वरी पन्थी, सविता खनाल र रेशम खनाल रहेका छन् ।
 समितिले विष्णु पन्थी, क्या.गुमानसिँह थापा, पशुपति अधिकारी, जीवनारायण अधिकारी, अनन्तपाणी मरासीनी, बुद्धिराम पन्थी र जुद्ध बहादुर वि.क. लाई सल्लाहकारम ाचयन गरेको छ । भेलामा करिव १ सय २० जनाको उपस्थिती रहेको थियो ।

 नवनिर्वाचित समितिलाई विष्णु पन्थी, राम प्रसाद  पन्थी, गोबिन्द मरासीनि लगायतले सुभकामना मन्तव्य दिएका थिए ।

अर्घाखाँची न्यूज साप्ताहिक / भदौ २२, २०७१

यही २०७१ साल भदौ २२ गतेको अर्घाखाँची न्यूज साप्ताहिक । काठमाण्डौ बागबजारमा रहेको युनिक कम्युनिकेशन सहित अर्घाखााची जिल्लाभर सहज रुपमा उपलव्ध हुनेछ । खोजी खोजी पढ्नुहोला ।

Friday, September 5, 2014

अर्घातोष गा.वि.स खुल्ला दिसामुक्त घोषणाका लागि उपयूक्त

खुल्ला दिसामुक्त सम्बन्धी जिल्ला गुणस्तर अनुगमन टोलीले २०७१ भाद्र २० गते अर्घातोष गाविसको अनुगमन गरेको छ ।

९५५ घरधुरी रहेको अर्घातोष गाविसमा ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम सञ्चालन पूर्व केवल ३६५ घरधुरीले मात्र सुरक्षित शौचालयको प्रयोग गर्दथे । अभियान पश्चात सञ्चालित खुल्ला दिसामुक्त सम्बन्धी अभिमुखिकरण कार्यशालामा गाविस स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिले बाँकी रहेका ५९० घरधुरीमा चर्पी निर्माण कार्य सम्पन्न गरी २०७० कार्तिक मसान्त भित्रमा गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य तोकेको थियो । सोही लक्ष्यलाई प्राप्त गर्नका लागि गाविसले सरसफाइ रणनैतिक योजना तयार पारी कार्यान्वयन गरेको थियो । तर निर्धारित समयमा लक्ष्य हाशिल हुन भने सकेन । यद्यपी विविध समस्याहरुको समाधान गर्दै ढिलै भएपनि अर्घातोष गाविसले खुल्ला दिसामुक्त अबस्था हाशिल गर्न सफल भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका ईन्जिनियर विजय कुमार यादवको संयोजकत्वमा ११ जनाको जिल्ला गुणस्तर अनुगमन टोली गाविस कार्यालयमा पुगेपछि गाविस स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति, राजनीतिक दल लगायतका स्थानीय अगुवाहरुको सहभागितामा बैठक बसी अनुगमन टोली गठन गरि अनुगमनका लागि प्रत्येक वडामा गइएको थियो ।

वडागत तहमा ९ टोलीले २७ प्रतिशत घरधुरी र सबै संस्थागत तहमा अनुगमन गरेको थियो । अनुगमन पश्चात पुन गाविस कार्यालयमा भेला भई अनुगमनका तथ्यहरु टोली प्रमुखहरुबाट प्रस्तुतीकरण गरिएको थियो । अधिकाँश चर्पीहरु मापदण्ड अनुसारका गुणस्तरीय, सफा र दिगो प्रकारको चर्पी घरको समेत बनौट भएका बनेको पाइयो । यसका अतिरिक्त अधिकाँश घरधुरीले चर्पी सफा गर्ने ब्रश, हार्पेक जस्ता सामग्री प्रयोग गर्ने, र आधा भन्दा बढी घरधुरीले चर्पीमा अलग चप्पल प्रयोग गर्ने गरेको पाइएको छ ।

ऐटेच चर्पी भएका सबैले चर्पी भित्रै साबुन पानीले हात धुने गरेको, अलग बाथरुम हुनेले बाथरुममा साबुन पानीले हात धुने गरेको र अन्यले अन्यत्र वा जुठ्यानमा हात धुने गरेको भेटियो । घरायसी सरसफाइ र फोहर ब्यवस्थापन अधिकाँश घरधुरीमा राम्रो पाइयो भने बजार क्षेत्रमा फोहर ब्यवस्थापनमा ध्यान दिनु पर्ने भेटिएको छ । समग्रमा अर्घातोष गाविसले खुल्ला दिसामुक्त घोषणाका सबै आधारहरु पुरा गरेको पाइएको छ ।

अर्घाखाँचीका जनता भन्छन : सिडिओ साव सुरक्षा चाहियो

हरिप्रसाद नेपाली / भदौ २० अर्घाखाँची

बाघको आक्रमणबाट पछिल्लोपटक किमडाँडामा एकजना बालिकाको ज्यान गएपछि स्थानीय जनताले नरभक्षी बाघ समात्न माग गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

किमडाँडा आसपासका जनताले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रकाश ढकाल र जिल्ला बन अधिकृत कृष्ण प्रसाद ढकाललाई छुट्टाछुट्टै भेटघाट गरी जनताको जिउधनको रक्षा गर्न माग गरेका हुन् । जवाफमा प्रजि ढकालले जनताको समस्याले आफुलाई अत्यन्त मर्माहत बनाएके भन्दै जतिसक्यो छिटो उचित कदम चालिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

हिजो साँझ करीव पौने सात बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नं. १० निवासी सुजता वि.क.को बाघको आक्रमणमा परी ज्यान गएको थियो ।

चितुवाको आक्रमणका कारण पछिल्लो ६ महिनामा अर्घाखाँचीमा पाँच जना बालबालिकाको ज्यान गइसकेको छ ।

संविधान माग्दै चौतारी अर्घाखाँचीद्वारा प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र पेश

हरिप्रसाद नेपाली / भदौं २०, अर्घाखाँची

समयमै संविधान जारी गर्न दवाव स्वरुप प्रेस चौतारी अर्घाखाँचीले  जिल्ला प्रशासन कार्यालय  मार्फत प्रधानमन्त्री  कार्यालय  सिंहदरवार   र सभामुखलाई  शुक्रबार छुट्टाछुट्टै  ज्ञापन पत्र पठाएका छ ।

 ज्ञापन पत्र प्रेस चौतारीका जिल्ला अध्यक्ष  पार्वता श्रेष्ठले निमित्त प्रमुख जिल्ला अधिकारी येज्ञश्वर पन्थीलाई बुझाउनु भएको हो ।  चौतारीले विवादित विषयमा  छिट्टै सहमति गरि माघ आठ गते संविधान जारी गर्न  दवाव सिर्जना ज्ञापन पत्र बुझाएको हो । भाद्र २१ गते  सम्म विवादित विषयमा  सहमति गरि  पहिलो मस्यौदा  निर्माणमा लाग्ने कामलाई पनि पुर्णता दिनुपर्ने जनाएको छ ।

 सहमति नभए  संविभानसभलाई  अनिर्णयको बन्दी  बनाउने  कार्य पुनरावृति गर्ने वा कार्यतालिका अनुसार काम नगर्दा आम नागरिकमा  निराशा उत्पन्न हुने भन्दै विवादित विषयमा सहमति हुन नसके मतदान पक्रियाबाट  टुङ्ग्याउने पर्ने चौतारीको माग रहेको चौतारीका सहसचिव अर्जुन भुसालले जानकारी दिएका छन् ।

सन्धिखर्कमा सवारी दुर्घटना दुईजना घाईते, एकको अवस्था गम्भिर

हरिप्रसाद नेपाली / २० भदौ अघाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने वाङ्गलाको च्यानडाँडा भन्ने स्थानमा केही बेर अघि भएको सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् ।

तस्विर ः प्रेम खड्का
सन्धिखर्कबाट वाङ्गला जाँदै गरेको  लु ९ प ५५२६ नम्बरको मोटरसाईकल र वाङ्गलाबाट सन्धिखर्क आउदै गरेको  लु १ च ३३०१ नम्बरको बलेरो जिप एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार सन्धिखर्क नगरपालिका वडा नं. १५ का मनोज खड्का र वाङ्गला निवासी जालपा श्रेष्ठ घाईते भएको जनाइएको छ ।
घाईतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ । घाईते मध्ये मोटरसाईकल चालक मनोज खड्का अवस्था गम्भिर रहेको र उनलाई जिल्ला अस्पतालले बुटवल रिफर गरेको सहकर्मी शिब बेल्वासेले जानकारी दिएका छन् ।

यस्तै गुल्मीको जैसाथोकमा केहि वेर अघि जिप दुर्घटना भएको छ । तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको ल्ऽु १ ज १७३३ नम्बरको जिप जैसीथोक ८ स्थित सिमाहघाट पुल्ऽ माथीको घुम्तीबाट धेरै तल्ऽ खसेको जनाईएको छ ।

Thursday, September 4, 2014

अर्घाखाँचीको किमडाँडामा बाघको आक्रमणबाट बालिकाको ज्यान गयो (सुझाव र सल्लाह सहित)

हरिप्रसाद नेपाली भदौ २०, अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने किमडाँडामा बाघको आक्रमणबाट एकजना बालिकाको ज्यान गएको छ ।

हिजो साँझ घरको आँगनमा खेलिरहेकी साविकको किमडाँडा गा.वि.स. वडा नं. २ का गोपाल बि.क. र सिता वि.क. कि पाँच वर्षिया छोरी सुजता बि.कलाई बाघले आक्रमण गरेको थियो । घरको आँगनमै बाघले आक्रमण गरेपछि स्थानीयको हो हल्लापछि बाघ बच्चा छाडेर भागेको स्थानीयले जानकारी दिएका छन् । बाघले बच्चाको गर्धनमा आक्रमण गरेको थियो ।

बाघबाट मुक्त भएकी बालिकालाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल लगिएपनि अस्पताल लैजाँदै गर्दा बाटोमा नै बालिकाको ज्यान गएको बताइएको छ । बालिकालाई अस्पताल पुगेको केही समयमै डाक्टरले मृत घोषणा गरेका थिए ।

अर्घाखाँची जिल्लामा बाघको आक्रमणबाट बालबालिका मारिएको यो पहिलो घटना भने होइन । यस अघि पनि धेरै बालबालिकाहरु बाघको शिकार भइसकेका छन् । किमडाँडा गा.वि.स.मै पनि केही महिना अघि एकजना बालकलाई बाघले खाएको थियो

................................
यसैविच अर्घाखाँची जिल्लामा यसरी बालबालिकाहरु बाघको निशाना किन भइरहेका होलान ? बाघको आक्रमण रोक्न कसले केृ भूमिका खेल्नुपर्ला भनि हामीे हाम्रो फेसवुक पेजमा विचार मागेका थियौ. । प्राप्त केही प्रतिक्रियाहरु जस्ताको तस्तै ः

खाँचिकोटका रक नेपाल फेसबुकमा लेख्छन्  : बाघले मान्छेलाई आक्रमण गर्नु को मुख्य कारण जङ्गल नस्ट हुनु हो त्यस् को बारेमा हामी सचेत हुनु परेयो। अलिकति ध्यान के दिनु परेयो भने रात परेपछि स-साना बच्चाहरूलाई बाहिर निस्कन दिनु भएन जंगली जनावर हो जङ्गल मा शिकार न मिले पछी मान्छे,माथी हमला गर्छ ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmm
त्यस्तै सन्धिखर्क ३ का हेमन क्षेत्री भन्छन् ः सर्वप्रथम त सम्वन्धित निकाय र गाउँले मिलेर त्यस बाघलाई सकेसम्म समातेर निकुञजमा बुझाउनुपर्यो । यदी सकिन्न भने त्यो बाघलाई मार्नुपर्यो । मानब जीवन भन्दा ठूलो बाघको जीवन अवश्य पनि होइन होला । यसका साथै राज्यले पनि मानब तथा बन्यजन्तु संरक्षणमा ध्यान दिनुपर्यो ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmm
बाघले मान्छे खाएको अर्घाखाँचीमा यो नौलो घटना होइन । यस भन्दा पहिला पनि बाघले आक्रमण गरेर धेरै बच्चाको ज्यान लिएको छ । यस्ता घटना भैरहँदा पनि सरकारी निकाय मुखदर्शक बनेर हेरीरहन् सम्वद्ध निकाको कमजोरी हो भन्दै अर्घा ४ मा घर भएका बाबुराम थापा मगरले हेटौडाबाट फेसबुकमा टिप्पणी गरेका छन् ।
mmmmmmmmmmmmmmmmmmmmmmmmm
यस्तै अर्घाखाँचीकै हेमन्त खड्का भन्छन : यसरी बाघ ले आक्रमण गरेको खाली बच्चाहरू मा मात्र सुनिएको छ यस भन्दा पहीला पनि बच्चालाई नै आक्रमण गरेको थियो । तसथॅ हामीले आफ्ना बाल बाच्चालाई हरियार राख्रनु अति आवश्यक छ ।साथ साथै त्यसलाइ सके सम्म जिउदै समात्न यदि त्यो सम्भब भएन भनि । दिन प्रतिदिन ज्यान गुमाउनु भन्दा एक बाघलाई मारीदिदा नै राम्रो हुन्छ ।र साथ साथ मा पछिल्लो समय मा बाघ भनि स्याललाई समातिएको खबर पाएका थियौ तसथॅ अब त्यसलाइ मानॅ या समात्न खटाइने ब्यतिहरूलाइ राम्रो संग बाघ स्याल छुटाउने लाई मात्र खटाइयोस ।

र एक्लै कसैलाइ पनि बाहिर या जङगल अथवा सुनसान ठांउ मा नछोडउ वा नजाउ ।

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले स्थापना दिवस मनायो (फोटो सहित)

हरिप्रसाद नेपाली भदौ २०, अर्घाखाँची

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अवसरमा सन्धिखर्कमा हिजो विशेष कार्यक्रमको आयोजना गरेको छ ।
स्थापना दिवसको अवसरमा युनियन अर्घाखाँचीले अर्घाखाँची जिल्लामा नवआगन्तुक युनियन आवद्ध कर्मचारीहरुलाई स्वागत गरेको छ ।

जसअन्तरगत सालझण्डी ढोरपाटन सडक आयोजनाका लेखा अधिकृत हिराधर आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका पावर्ती पौडेल लाई हार्दिक स्वागत गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत जिवनाराण चुँदाली समेतलाई नयाँ सदस्यता प्रदान गरिएको थियो ।
त्यस्तै महिला तथा बालबालिका कार्यालयमा कार्यरत सुभद्रा घिमिरे र जिल्ला बन कार्यालयमा कार्यरत सेवा निवृत्त हुनै लागेका राम प्रसाद भुसाललाई विशेष सम्मान गरिएको थियो । भने जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई बुटववल सडकमा गएका कृष्ण बहादुर क्षेत्रीलाई सम्मान सहित बिदायी गरिएको थियो ।

कार्यक्रममा स्वागत तथा विदायी हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सचिव लोेकेन्द्र वि.क., जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का र कार्यक्रमका सभापति एवं नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष प्रकाश भट्टराईले दोसल्ला ओढाउदै मायाको चिनो एवं सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका जिल्ला सचिव लोकेन्द्र वि.क., जिल्ला कोषाध्यक्ष हरिवहादुर खड्का लगायतले राष्टसेवक कर्मचारीहरुले देश निर्माणको लागि अहम भूमिका खेलेको भन्दै पेशा प्रति थप इमान्दार भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

कायक्रममा मन्तव्यकै क्रममा युनियनका जिल्ला उपाध्यक्ष एवं गा.वि.स. सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रीय सदस्य विनोद कुँवरले काँग्रेसको सुभेच्छुक संस्था हुँदाहुँदै पनि कतिपय अवस्थामा पार्टीले बेवास्त गरेको जस्तो देखिएको भन्दै युनियनलाई विशेष ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रम युनियनका जिल्ला अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षता एवं सचिव शेषकान्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालिका गम्भिर घाईते

फाईल तस्विर
हरिप्रसाद नेपाली / भदौ १९, २०७१

अर्घाखाँची जिल्लाको किमडाँडा गा.वि.स.मा एकजना पाँच वर्षकी बालिकालाई बाघले आक्रमण गरेको छ ।

किमडाँडा गा.वि.स.को वडा नं. २ कामीटोला बस्ने  गोपाल बहादुर वि.क. र सिता वि.क. कि छोरी वर्ष पाँच कि छोरी लाई बाघले आक्रमण गरेको छ । साँझ करीव पौने सात बजेको समयमा घरको आँगनमै आक्रमण गरेको र स्थानीय चिच्याएपछि बाघले बच्चा छोडेर भागेको बताइएको छ ।

घाइते बालिकाको सन्धिखर्कमा उपचार भैरहेको छ । बालिकाको अवस्था गम्भिर भएको प्रहरीले जानकारी दिएको छ ।
--------------------------------------------------------------------
यसैविच घाइते बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको छ । बालिकालाई साँझ करीव साढे सात बजे डाक्टरले मृत घोषित गरेका थिए ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes