मँसिर१ अर्घाखाँचीश्री नेपाल राष्टिय उच्च माध्यमिक बिद्यालय पणेना अर्घाखाँचीले आफ्नो बिद्यालयको ५८ औ बार्षिकोत्सब कार्यक्रम औपचारीक रुपमा आज सम्पन्न गरेको छ । कार्तिक २८ गते देखि सञ्चालन गरेको कार्यक्रममा school supervisor of DEO Narayan Pokharel ,RP Yadab Ghimire , principal of Harihar HSS Thakur Prasad Gautam ,पत्रकार , बिभिन्न राजनितिक दलका प्रतिनिधि सम्पुर्ण पुर्ब तथा बर्तमान शिक्षकहरु , पुर्ब तथा बर्तमान बिद्यार्थीहरु , पुर्ब तथा बर्तमान ब्यबस्थापन समितिका पदाधिकारी हरु, अभिभाबकहरु शुभ चिन्तक सबैको उपस्थितिमा कार्यक्रम समापन गरिएकोछ ।
बार्षिकोत्सब कार्यक्रमहरुमा २०७१ साल कार्तिक २८ गते देखि श्रोतकेन्द्र स्तरीय भलिबल प्रतियोगिता , १०० मि. दौड , कुर्चिदौड , लोकगित प्रतियोगिता , श्रोतकेन्द्र स्तरीय मा. बि. तहको हाजिरीजबाफ प्रतियोगिता , Speech competition in English , घैटोफोर कार्यक्रम , पुर्ब शिक्षकहरु लाई बिदाई तथा सम्मानका साथै हाल सम्म SLC परिक्षामा सर्बोत्कृष्ट हुने पुर्ब बिद्यार्थीहरु लाई सम्मान र पुर्ब ब्यबस्थापन समितिका पदाधिकारी हरुलाई सम्मान , कार्यक्रममा बिजयी टिम तथा बिद्यार्थीहरु लाई पुरस्कार बितरण गर्दै बार्षिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमको समापन गरिएकोछ ।
6:49 PM
हरिप्रसाद नेपाली



0 comments:
Post a Comment