Wednesday, November 12, 2014

तरुणदल सन्धिखर्कमा नँया समिति

प्रेमनारायण आचार्य


अर्घाखाँची २० कात्तिक । नेपाल तरुण दल सन्धिखर्क गाँउ कार्य समितिको अबिधेसन बिपि स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तय राख्दै नेपालि काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले देशमा कृषि र पर्यटनको माध्यमबाट आर्थिक क्रान्ती गरेर देसलाइ आर्थिक सम्पन्नतामा लैजान  सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।  उहाले युबाहरुको बढ्दो बिदेस पलायन नरोके सम्म देसमा आर्थिक सम्पन्नता नहुने बताउनु भयो ।

कार्यक्रममा नेपालिका काग्रेसकि जिल्ला सहसचिब निर्मला क्षेत्री, जिल्ला सदस्य धर्मराज भुसाल, कृष्ण प्रसाद खनाल, नरेन्द्र श्रेष्ठ,रामबहादुर परियार, तरुण दलका जिल्ला अध्यक्ष पिताम्बर खनाल, तरुण दलका अहमद हुसेन, क्षेत्रयि सचिब हेमन्त बेल्बासे, नेबिसंघका जिल्ला अध्यक्ष युबराज पाण्डे, पत्रकार प्रेम आचार्य, मुस्लीम संघका जम्सेर मिया लगायतले मन्तब्य राखेका थिए ।

भेलाले माधब श्रेष्ठको अध्यक्षतामा तरुण दल सन्धिखर्क गाँउ कार्य समितिको समेत गठन गरेको छ । जसको उपाध्यक्षमा खान हकिम,सचिब धनबहादुर गिरी, सहसचिब बिक्रम भटराइ,र कोषाध्यक्षमा निरा खनाल रहेका छन । जसको सदस्यमा भेसबहादुर सोमै,महमदिन मिया, बिनय नेपालि,किशोर पन्थी, दिपक श्रेष्ठ, बालकृष्ण मुखीया, र लक्ष्मण खनाल रहेका छन ।

भेलाले माधब श्रेष्ठ, सुदर्शन श्रेष्ठ, मदन भटराइ, बिनय नेपाली र निरा खनाललाइ क्षेत्रिय प्रतिनिधि पठाउने पनि निर्णय गरेको छ ।  कार्यक्रम माधब श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes