हरिप्रसाद नेपाली/कार्तिक २७, अर्घाखाँची
विद्यार्थीहरुमार्फत समाजमा बिकृती विसंगतीको अन्त्य गर्ने प्रयास स्वरुप सामुदायिक सेवा केन्द्र अर्घाखाँचीले सामुदायिक शैक्षिक सामग्री बैंकको स्थापना गर्ने भएको छ ।
जनता र प्रहरी विचको सम्बन्धलार्य थप सुमधुर बनाउदै कुशल जनशक्ति उत्पादन गर्नका लागि बैंक स्थापना गर्न लागिएकको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बैंकको विषयमा जानकारी गराएको हो । केन्द्रका अध्यक्ष राम बहादुर चौहानका अनुसार सहयोगी दाताहरुबाट विद्यार्थीका लागि आवश्यक हुने शैक्षिक सामग्रीहरु संकलन गरी जिल्लाभरका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई सामग्री वितरण गर्ने योजना बनाइएको छ ।
साथै केन्द्रले रु १० हजार भन्दा बढीका सामग्रीहरु सहयोग गर्ने दातालाई विशेष सम्मान गर्ने निर्णय समेत गरेको छ । “ सकेसम्म दाताकै हातबाट सामग्रीहरु विद्यार्थीहरुलाई हस्तान्तरण गर्ने योजना छ ।” अध्यक्ष चौहानले भने “ दाताहरुलाई प्रशंसापत्र सहित विशेष सम्मान समेत गरिने छ ।”
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि शुरु गरिएको बैंकले निजी विद्यालयका विद्यार्थीहरुलाई कुनैपनि खालको सहयोग प्रदान गर्नेछैन ।

![]() |
| फाईल फोटो |

8:29 AM
हरिप्रसाद नेपाली

Posted in: 

0 comments:
Post a Comment