Tuesday, August 12, 2014

मृगौला पिडितलाई प्रवासीको सहयोग

हरिप्रसाद नेपाली
साउन २८, अर्घाखाँची

युएईमा कार्यरत नेपालीले मृगौला रोगबाट पीडित अर्घाखाँचीका एक उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छन्  ।

दुबै मृगौलामा खराब भएका अर्घाखाँची डिभर्नाका शिवलाल श्रेष्ठको उपचारका लागि यूएईमा कार्यरत अर्घाखाँचीका वासिन्दाले ४३ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

श्रेष्ठको आर्थिक स्थिति कमजोर रहेको र सहयोगका लागि जिल्लाबाट अनुरोध आएपछि यूएईमा रहेका अर्घाखाँचीका वासिन्दाले एक हप्ता सहयोग संकलन गरेका थिए । सहयोग रकम आज नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विरामीको उपचारका लागि युएईमा रहेका नेपालीले सहयोग गरेका अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काले जानकारी दिए । श्रीमती, दुई छोरा र एक छोरीसँगै रहेका शिवलालको भैरहवामा उपचार भइरहेको छ । उपचारका लागि रकम नभएपछि समस्यामा परेका शिवलालको परिवारले सहयोग गर्न अपिल गरेको छ ।

व्याडमिन्टन प्रतियोगिताको उपाधी अर्घाखाँची युवा परिषदलाई

हरिप्रसाद नेपाली
साउन २८, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन भएको खुल्ला ब्याडमिन्टन प्रतियोगीताको उपाधी अर्घाखाँची युबा परिषदले जितेको छ । प्रतियोगीतामा जिल्ला भरका १८ टिमका ३६ जना खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा जिल्ला भरका १८ टिमले भाग लिएकोमा अर्घाखाँची युबा परिसदका  अशोक भुसाल र ज्ञानेन्द्र घिमिरेको समुह प्रथम, उद्योग बाणिज्य संघका ठाकुर श्रेष्ठ र साजन ओलीको समुह द्धितीय , होटल ब्यबसायी संघका  सतिस मरासिनी र मोहन सिंह ठकुरीको समुह तृतीय भएका छन ।
प्रतियोगीतामा सामुदायीक ब्याडमिन्टन हलका भोजबहादुर गन्धर्ब र नारायण खड्काको समुह सान्त्वना भएका छन । उत्कृष्ट खेलाडीको उपाधी अशोक भुसाल र अनुशासित खेलाडीको उपाधी बिष्णु खनालले पाएका छन ।
प्रतियोगीतामा सबै बिजेताहरुलाइ हिजो एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको  छ । समापन समारोह मनिस सिंहको अध्यक्षता,स्थानीय बिकास अधिकारी हेमराज भुसालको प्रमुख आतीथ्यता र शेसकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको हो ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes