Sunday, October 19, 2014

अर्घाखाँचीमा भएके जीप दुर्घटनामा तीन जना घाईते

हरिप्रसाद नेपाली / कार्तिक २ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने किमडाँडा भलायडाँडामा आज भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् ।

धारापानीबाट सन्धिखर्क आउदै गर्दा लु १ ज १७४७ नम्बरको यात्रुबाहक जीप ओरालो बाटोमा ब्रेक फेल दुर्घटना भएको थियो । सन्धिखर्क झर्दै गर्दा व्रेक फेल भएपछि ड्राईभरले गाडीलाई बाटोको कुनापट्टी ठोक्काएका थिए । घाईतेहरुलाई आज दिउसो नै जिल्ला अस्पतालले बुटवल रिफर गरेको हो ।

घाईतेहरुमा धारापानी ठूलाखर्कका ठाकूर सौराग, धारापानी सिख्रका चोप बहादुर नेपाली र पार्वती चुँदाली रहेका छन् ।

घाईते मध्ये धारापानीका चोप बहादुर नेपालीको अवस्था गम्भिर रहेको जनाइएको छ । घाईते नेपालीलाई बुटवल अञ्चल अस्पतालले दिउसो नै काठमाण्डौ रिफर गरेको थियो । उनले अहिले काठमाण्डौमा उपचार भैरहेको जनाइएको छ ।

Friday, October 17, 2014

सन्धिखर्क नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन

हरिप्रसाद भुसाल
सन्धिखर्क, ३१ असोज

सरकारले नयाँ नगरपालिका घोषणा गरेको सन्धिखर्कमा नगरपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा हिजो भएको नगरस्तरीय भेलाले समिति गठन गरेको हो । ३७ सदस्यीय समितिको अध्यक्षमा नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा  सदस्य सचिवमा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लिलाराम गौतम रहेका छन् ।

सदस्यहरुमा नगरपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी सामुदायिक संघसंस्था रहेका छन् । सहकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, प्राचार्य, क्याम्पस प्रमुख, युवा सञ्जाल, बाल सञ्जाल तथा महिला सञ्जाल लगायतकाको प्रतिनिधित्व समितिमा रहेको छ ।
समितिले सन्धिखर्कलाई सरकारले पछिल्लो पटक घोषणा गरेका ७२ नगरपालिका मध्ये पहिलो खुल्ला दिसामुक्त नगरपालिका बन्ने तयारीका साथ काम गर्ने नव गठित समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

सरसफाई अभियानमा सहजीकरण गरिरहेका ग्लोबल स्यानिटेशन फण्ड÷यु.एन. ह्याबिट्याटका साझेदार सँस्था लुम्बिनी सामाजिक विकास केन्द्र, इकार्डस÷प्राग तथा नेष्ट सिसेकको प्राबिधिक सहजीकरणमा गठन गरिएको समितिले जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुमति दिएको एक हप्ताभित्र नगरपालिकामा घोषणा सभा आयोजना गर्ने तयारीका साथ लागिपरेको सापकोटाको भनई छ ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes