Friday, May 30, 2014

लुम्बिनी बाङमय प्रतिष्ठान अर्घाखाँचीमा बस्याल

हरिप्रसाद नेपाली/नयाँ एफ.एम. अघाखाँची

लुम्बिनी बाङमय प्रतिष्ठान अर्घाखाँचीको पहिलो साधारण सभा आज सन्धिखर्कमा सम्पन्न भएको छ । सभाको लम्विनी वाङमय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैद्ध विश्व विद्यालयका प्राध्यापक गोपिरमण उपाध्याय, प्रतिष्ठानका केन्द्रीय सचिव राजेन्द्र आचार्य, रुपन्देही संयोजक ऋषि आजाद लगायतका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

सभाले विष्णु वस्यालको अध्यक्षतामा नयाँ जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा राम बसु, सचिवमा हिम बहादुर जि.सी., सह सचिवमा केशव आचार्य र कोषध्यषमा मञ्जु घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा तिर्थराज आचार्य, शोभासिंह ठकूरी, लिला ढुंगाना, यशोदा पौडेल, कमल पोखरेल, बसन्त श्रेष्ठ, प्रभात कुंबर, बासुदेव पन्थी र देवेन्द्र कुवर लगायत रहेका छन् ।

कार्यक्रममा जिल्लामा रहेको साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes