हरिप्रसाद नेपाली/जेष्ठ १४, २०७०
गणतन्त्र दिवसको अवसरमा अर्घाखाँचीमा विभिन्न कार्यक्रमहरु शुरु भएका छन् । कार्यक्रमको पहिलो दिन आज सन्धिखर्कमा पत्रकार, कर्मचारी र राजनीतिक दल विच मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
आज बिहान भएके मैत्रीपूर्ण भलिवल खेलमा कर्मचारीहरुको समूहले प्रथम स्थान हाँसिल गरेको छ । चन्दननाथ गणका कणपति रामकाजी रानाको कप्तानीमा रहेको कर्मचारी समूहले गणेश खनालको कप्तानीमा रहेको पत्रकारको समूह र झविलाल थापाको कप्तानीमा रहेको पत्रकारको टिमलाई पराजित गर्दै प्रथम बन्न सफल भएके हो ।
प्रतियोेगितामा पत्रकारहरुको समूह द्वीतिय र राजनीतिक दलले तृतीय स्थानमा परेका थिए । कर्मचारी, राजनीतिक दल र पत्रकारहरुविच सुमधुर सम्वन्ध कायम गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको जिल्ला स्तरीय गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी हेमराज भुसालले बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण, प्रवचन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत उनले जानकारी दिएका छन् ।

9:21 AM
हरिप्रसाद नेपाली

Posted in: 

0 comments:
Post a Comment